हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
कमसल काम गर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न माग
काठमाडौँ । कमशल निर्माण सामाग्री प्रयोग गरी कमजोर संरचना निर्माण गर्ने निर्माण व्यवसायीलाई कालोसूचिमा राखेर कारबाही गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा निर्माण व्यववसायीहरुसँग छलफल गर्दै सांसदहरुले गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गर्ने निर्माण व्यवसायीलाई कालोसूचिमा राखेर कारबाही गर्नु उचित भएको बताएका हुन् । समिति सभापति कल्याणीकुमारी खड्काले भुलवस कमशल सामाग्री पर्न जाने भन्ने कुरा मान्न नसकिने बताउँदै अहिले सम्मको स्थिति हेर्दा व्यवसायीहरुले मिलेमतोमा कमशल निर्माण सामाग्री प्रयोग गर्ने गरेको पाइएकाले त्यस्ता निर्माण व्यवसायीहरुलाई कालोसूचिमा राख्ने व्यवस्था उचित भएको बताउनुभएको हो । उहाँले जनप्रतिनिधिहरु नै ठेकेदार भएका कारण मिलेमतो बढी हुने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो ‘जनप्रतिनिधिलाई ठेकेदार बनाउन पाइदैन, यो प्रस्टै कुरा हो कोही इन्भल्भ छ भने उसले पनि अब ठेकेदारी गर्नुहुँदैन, ठेकेदारी गर्ने हो भने ठेकेदारी नै गर्नुपर्छ अथवा निर्माण व्यववसायी नै हुनुपर्छ, उ व्यवसायी हुनुपर्छ ।’
सांसद गणेशकुमार पहाडीले सम्झौता भएपछि कुनैपनि काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई पनि कारबाही गर्नुपर्ने बताउनुभएको छ । उहाँले कुनैपनि बाहनामा काम नसक्ने प्रवृतिको अन्त्य गर्नका लागि पनि कारबाही गर्नुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले भन्नुभयो ‘सम्झौता भइसकेपछी कुनैपनि काम टाइम सेड्युल अनुसार काम भएन भने निर्ममतापूर्वक कारबाहीमा जानुपर्छ हामीले पनि सरकारलाई यो भन्दा अगाढि पटक पटक भनेका छौं र यसमा निर्माण व्यवसायीहरुपनि तयार हुनुपर्छ ।’ उहाँले निर्माण व्यवसायीहरुको क्षमतामा समेत प्रश्न उठाउनुभयो । उहाँले भन्नुभयो ‘तपाईहरुले आफ्नो क्षमतामा पनि वृद्धि गर्नुप¥यो र कार्यतालिका अनुसार काम गर्नुपर्छ ।’
बैठकमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका समस्याको विषयमा जानकारी गराउनुभएको थियो । उहाँले कतिपय अवस्थामा निर्माण व्यवसायीको धारौटी समेत जफत गरी कालो सूचिमा राख्ने र कारबाही गर्ने नीतिगत व्यवस्थाका कारण निर्माण कार्य प्रभावित हुँदै आएको बताउनुभयो ।
समितिले निर्माण क्षेत्रका समस्या र चुनौतिका विषयमा जानकारी लिन मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँग छलफल गरेको हो । पछिल्लो समय कमजोर संरचनाहरु बन्ने क्रम बढ्दै गएको र निर्माण व्यवसायीहरु पनि सार्वजनिक खरिद ऐन प्रति असन्तुष्ट रहेकाबेला समितिले छलफललाई तिब्रता दिएको हो । समितिले सोमबार पनि निर्माणाधिन पुलहरुको अवस्थाको विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागसँग छलफ गरेको थियो ।