बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

तानसेनमा ४ दिने विपद् प्रतिकार्य तालिम सुरु
सुनिल कार्की
पाल्पा । तानसेन नगरपालिकामा ४ दिने विपद् प्रतिकार्य तालिम सुरु भएको छ । तानसेन नगरपालिकाको आयोजना, गोरखदल गण नागपोखरी व्यारेक पाल्पाको संयोजन र तानसेन युवा परिषद्को समन्वयमा तालिम सुरु भएको हो । तालिममा विपद्का प्रकार, विपद्को व्यवस्थापन, यसको रोकथाम, प्रतिकार्य लगायतका विषयमा सेनाको टोलीले प्रशिक्षण दिने छ । प्रत्येक वडाबाट ३÷३ जना सहभागीका दरले १४ वडाका युवाहरुको सहभागिता रहेको छ ।
तालिम उद्घाटन कार्यक्रममा प्रमूख अथिति तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले विपत भन्ने कुरा जतिबेला पनि आउन सक्ने भएकाले स्थानीय स्तरमै विपत्को समाधान र उद्धारका लागि तालिम हुनु राम्रो पक्ष भएको बताउनुभयो । यस्तै गोरखदल गणका सेनानी मनोज डंगोलले तालिमको उद्धेश्य प्रभावकारीताका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमा गणका गणपति सुरज थापा, प्रमूख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासे, कार्यपालिका सदस्य दिपक विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम तानसेन नगर युवा परिषद्का अध्यक्ष गुराँस आत्रेयको स्वागत,वतावारण ब्यास्थापन समितिका संयोजक भिम बहादुर कुमालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।