बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

पाल्पाको तिनाउमा पशु स्वास्थ्य भवनको शिलन्यास
पाल्पा । तिनाउ गाउँपालिका अध्यक्षा ओम बहादुर घर्ती मगरले तिनाउ गाउँपालिकालाई पशुपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने बताउनु भएको छ । नेपाल सरकार,कृषि तथा पशुपन्छी विकास मन्त्रालय नेपाल लाइभ स्टक सेक्टर ईनोभेसन ललितपुरको १ करोड ५० लाख बराबरको आर्थिक सहयोगमा दोभानमा बन्न लागेको पशुसेवा कार्यालयको शिलान्यास कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र पाल्पाको कर्मचरी विश्वनाथ भट्राईले पाल्पा जिल्लामा आएको एक मात्र पशु सेवा भवनले पशुपालनको संम्भावना रहेको तिनाउ गाउँपालिकालाई सिफारीस गरिएको र हाल उक्त भवन निर्माण कार्य सुरु भएको बताउनुभयो ।
भवन सिलन्यास कार्यक्रममा नेकपा तिनाउका चक्रब्यूह थापा,नेपाली कांग्रेसको प्रतिनिधि पदम शाक्य, निमित्त प्रमुख प्रशासकिय अधिकृत यादब अर्याल,पशु तथा कृषि शाखा प्रमुख हेमन्त शर्मा लगायतले बोल्नुभएको थियो ।
यस्तै आर्थिक वर्ष २०७६÷७७ देखि हेफर ईन्टरनेसनल संस्था सँगको साझेदरीमा बाखा्रपालन कार्यक्रमलाई २ करोडको सम्झौता गरिएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले बताउनुभयो । कार्यक्रमको सञ्चालन वडा नं २ का वडा अध्यक्ष राजेश श्रेष्ठल गर्नुभएको थियो ।