तीन महिने बालकको गुप्ताङ्ग कुकुरले खाइदियो !

कालीकोट । कालिकाेटमा एक तीन महिने शिशुकाे गुप्ताङ्ग कुकुरले खाइदिएकाे छ । जिल्लाको रास्कोट नगरपालिका वडा नं. ३ साँगाटिया गाउँमा सोमवार दिउँसो तीन महिने बालक अविनास दर्जीको गुप्ताङ्ग घरमै पालेको कुकुरले खाइदिएकाे हाे ।

हेर्दैमा डरलाग्दो गरी गुप्ताङ्ग कुकुरले खाईदिएर क्षदबिक्षद बनाइदिएपछि परिवार विछिप्त बनेको छ । घरमा काेही नभएकाे बेला घरैकाे कुकुरले बालककाे गुप्ताङ्ग खाइदिएर शख्त घाइते बनाएकाे बताइउकाे छ । हर्ष दर्जी र संगिता दर्जीका छोराको घरमै पालेको कुकुरले सोमबार सुतिरहेको अवस्थामा गुप्ताङ्ग लगायतका अन्य ठाउँहरुमा पनि टोक्दा बालकको अवस्था गम्भिर रहेको सिप्खाना स्वास्थ्य चौकीका इन्चार्ज धर्मराज शाहीले बताउनुभयो ।

स्थानीयका अनुसार बालकको परिवारमा औषधी उपचार गर्ने आम्दानीको स्रोत केही पनि छैन । अरूको लुगा सिलाएर परिवारको छाक टादैँ आएका हर्ष दर्जी छोरोको गुप्ताङ्ग कुकुरले खाएपछि अचेत भएकाछन् । इन्चार्ज शाहीले भन्नुभयो ‘सबैले सहयोग उठाएर सुविधा सम्पन्न अस्पतालमा लिए वच्चा बचाउन सकिन्छ की ?’

बच्चा बचाउनका लागि सबैले सहयोग गरिदिन संगिताले आह्वानसमेत गर्नु भएको छ । बालककाे उपचारका लागि रास्कोट नगरपालिकाले सहयोग गर्ने  बताएको छ । स्थानीयकाे सहयाेगमा बालककाे उपचारका लागि जिल्ला अस्पताल लगिएकाे छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *