सामाजिक सञ्जालमा भाइरल बन्यो मान्छे जस्तो देखिने सुँगुरको बच्चाको तस्बिर

एजेन्सी । सामाजिक सञ्जालमा पछिल्लो केही दिन यता एउटा बिचित्रको तस्बिर निकै भाइरल भइरहेको छ । सुँगुरले मानिस जस्तै देखिने बच्चाको जन्म दिएको बताइएको छ । यसका केही अङ्गहरु करिब करिब मानिसको जस्तै दखिन्छ । तपाईँ माथिको तस्बिरमा बच्चाको आकार स्पष्ट देख्न सक्नुहुन्छ ।

 उक्त बच्चा भारतको मुम्बइ स्थित एक नेशनल पार्कमा जन्मिएको दाबी गरिएको छ । यसका साथै बिभिन्न धारणाहरु पनि सार्वजनिक भइरहेको छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राममा फैलिएका भनाई सबै अपवाह मात्र हुन् ।

तर यो तस्बिरको वास्तविकता भने फरक छ । थाहा पाएपछि तपाईँ पनि अचम्ममा पर्नु हुनेछ । सायद तपाईँलाई विश्वास पनि नलाग्न सक्छ ।

वास्तवमा उक्त तस्बिरमा देखिएको अचम्मको जीव बस्तु हो । कुनै सुँगुरले जन्माएको होइन यो त एक खेलौना मात्र हो । यो सिलिकन रबरबाट बनाइएको छ । यो इलाइरा मैगानु नामकी एक महिलाले बनाइकी हुन् । उनले उक्त खेलौनाको तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी थिइन् । त्यसपछि उक्त तस्बिर सुँगुरले मानिसजस्तो बच्चा जन्माएको भन्दै तीब्र रुपमा भाइरल भइरहेको छ । नेपालका विभिन्न फेसबुक ग्रुपहरुमा पनि यस्तैखालका टिप्पणी सहित पोष्ट भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *