अमेरिकामा लुकेकी भनिएकी उपमेयर दन्ता नेपालीले लेखिन् यस्ताे स्टाटस

काठमाडौँ । अमेरिका भ्रमणमा गएर उतै लुकेकाे आरोप लागेकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपालीले आफू बिरामी परेका कारण नेपाल फर्किन नसकेको प्रतिक्रिया दिनुभएकाे छ ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार स्टाटस लेख्दै उपप्रमुख नेपालीले आफू मेयर रतनबहादुर शाहीलाई जानकारी दिएर अमेरिका गएको भन्दै कतै नलुकेको प्रस्ट पार्नुभएकाे छ । ‘म हराएको पनि छैन, कतै लुकेको पनि छैन’, उहाँले दशबुँदे स्टाटसमा लेख्नुभएकाे छ, ‘म मेयर रतन शाहीलाई जानकारी नदिएर पनि आएको होइन, उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।’

अमेरिकामा आयोजित एक कार्यक्रममा भाग लिन गत कात्तिक पहिलो साता गएकी उपप्रमुख नेपाली अहिलेसम्म स्वदेश फर्किनु भएकाे छैन । पार्टी र नगरपालिकालाई समेत जानकारी नभएको खबर विभिन्न सञ्चारमाध्यममा आएपछि उहाँले त्यसकाे खण्डन गर्नुभएकाे हाे ।

सम्पुर्ण सुभचिन्तक हरुमा नमस्कार !
म आराम छैन ।तपाईहरु आराम हुनुहुन्छ भन्ने बिश्वास छ
ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्न्थे हो रहेछ आज आयर बुझ्दै छु ।
१. म हरायको पनि छैन २. म कतै लुकेको पनि छैन ३.म मेयर Ratan Shahi जि लाई जानकारी नदियर पनि आयको होइन उहाँले नै भ्रमण स्वीकृत गरेर आयको हो ।
५. अमेरीका बाट बार बार फोन गर्दा कायालयमा सम्पर्क मेयर लाई गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकिय अधिकृत Uddhav Rijal जि संघ पनि कुरो भएको हो वार्ड अध्यक्षहरु सङ्ग पनि कुरो भएको हो ।कतै बाट केहि प्रतिक्रिया आयन
#सहयोग त झन कुरै भएन #अमेरिका आउदाको plane ticket पनि नगरले पैसा हालेको नभएर मैले पनि बार बार माग्ने जस्तो कति चोटि कल गर्नु ।
७.मेयर लाई मेरो के मतलब र याद हुने कुरो पनि भयन र बार बार भिख मागिन ।
८. मैले सोचे म बरु मर्छु तर सरकारी पैसामा उपचार गर्दिन माग्दिन पनि किन कि मलाई मेरो plane ticket को पैसा त मेरो दाजुहरु Parbat Jee नेपाली र Kashi Prasad Pandey दाजु Sunita Pandey भाउजुले हाल्नु भएको हो तेसैले मागिन । तेस पछि मैले सरकारको सुक्का पैसा पनि मलाई चाहियन कसैले दिय पनि भनेको हो ।
९. अहिले म राम्रो सङ्ग बोल्न पनि सक्दिन अलि अलि चल्न सक्ने भएको छु यस्को सबै उपचार भारत कि डा . अञ्जीर कुमार ले गर्दै हुनुहुन्छ । म पुर्ण रुपमा निको हुन अझै समय लाग्छ ५ महिना भनेको छ ।
#तिलागुफाका जनताहरुको माया ममता म मा सधै छ र भैई राख्ने छ ।
#मैले नगर पालिका संघका महसचिव Bhim Prasad Dhungana जि लाई पनि भनेकै हो बरु उहाँ र हाम्रो Kalanidhi Devkota कार्यकारी अधिकृत नगर पालिका संघको तर्फबाट सहयोग गरौला भन्दै हुनुहुन्थ्यो मलाई सरकारी पैसाको उपचार नगराउने भनेर चाहिदैन्न पर्दैन भने
#मान्छेको शरीर न हो कहिले कहाँ के हुन्छ कसैलाई पत्तै नहुने रहेछ ।
#जसरी भए पनि बाच्नै पर्ने देशमा रोगी नेता ले सबै पैसा सिधा्य पनि हामीले नै भन्ने फेरि म उपचार गर भन्न पनि मेरो नैतिकले दियन तेसैले मैले सहयोग मागिन गल्ती गरे माफ माउ
#जिन्दमा अरु केहि नजाने पनि मान्छ असल मान्छे कमाउन जानेकी छु मैले बस उहाँहरुकै साथ सहयोग भए पुग्छ मलाई
१०. अब मेरो समाचार बनाउदै पेट पाल्नेहरुलाई मेरो भन्नू केहि छैन र मेरो स्वास्थ भन्दा ठुलो केहि छैन ।
#कृपया मलाई बाच्न दिनुहोस् #मबाचेत अरुको सेवा गर्न सक्छु यदि म नै राम्रो भएन भने ?
म दुनियाँ कै शक्तिशाली भए पनि केहि छैन मलाई ।
अब मेरो बारेका के भन्न मन लाग्छ लेख्न मन लाग्छ आफै भन्नुहोस् के गर्ने हो गर्नुहोस्
मेरो घाउमा नुन खुर्सानी हाल्ने काम कृपया नगरी दिनुहोला म लाई Responsibility बारेमा राम्रो सङ्ग थाहा छ यति कुरा बुझेकी छु जस्तो लाग्छ ।
( लेख्न सहयोग : उषा कुमाई ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *