बागमतीमा भाेलि सार्वजनिक बिदा

काठमाडाैँ । बागमती प्रदेश सरकारले भोली (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । पुस २९ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको प्रमुख पर्व सोनाम ल्होछारका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

सोनाम ल्होछार तामाङ समुदायको प्रमुख पर्व हो । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व भोलि विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । यो २८५६औं सोनाम ल्होछार हो ।

मञ्जुश्री पात्रो सुरु भएको २८५६औं वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताए । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *