नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

शनिबार पनि कार्यालय खोलेर सेवा दिइने
तुलसीपुर । आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी भएका नागरिकको सेवालाईमध्यनजर गर्दै शनिबार पनि कार्यालय खोलेर सेवा दिने तयारी गरेको जानकारी दिनुभयो ।
भदौदेखि हरेक शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन गरेर सम्पूर्ण सेवा प्रदान गर्ने उहाँले बताउनुभयो । जिल्लाका दशवटै स्थानीय तहलाई शनिबार कार्यालय सञ्चालन गर्नेबारे सुझाव दिन पत्राचार समेत गरिएको छ ।