साप्कोटालाई सभामुख उम्मेदवार बनाउने नेकपाको निर्णय

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाउने निर्णय गरेको छ ।

नेकपा भित्र लामो समयदेखि पेचिलो बनेको सभामुखको विषयलाई आइताबार पार्टीका दुई अध्यक्षको सक्रियतामा सचिवालयले टुङ्ग्याएको हो । आइतबार अपराह्न प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा सभामुखमा अग्नि सापकोटाको नाममा सहमति जुटेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

यसअघि, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको बालुवाटारमा बसेको बैठकले सापकोटालाई सभामुखमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

सभामुखको उम्मेदवार टुंगो नलाग्दा संसद बैठक एक महिनादेखि लगातार सूचना टाँस गरेर स्थगित हुँदै आएको थियो । अब भने सोमबारका लागि पनि तय गरिएको बैठकले प्रतिनिधिसभाको उम्मेदवार पाउने भएको छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *