विश्वकै हाेचा ब्यक्तिकाे कीर्तिमान बनाएका खगेन्द्र थापा मगरकाे निधन

पाेखरा । गिनिज बुक अफ वर्ल्ड रेकडसमा विश्वकै हाेचा ब्यक्तिकाे कीर्तिमान बनाएका खगेन्द्र थापा मगरकाे शुक्रबार दिउँसाे निधन भएकाे छ । पाेखराकाे मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा थापाकाे निधन भएकाे हाे ।

अकस्मात स्वास्थ्यमा  समस्या देखिएपछि उनलाई बिहीबार मात्र अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा मगरलाई शुक्रवार दिउसो करिव ३ बजे चिकित्सकहरुले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले जानकारी दिनुभयाे ।

काे हुन् खगेन्द्र थापा ? 

खगेन्द्र थापा मगरको जन्म बागलुङ जिल्ला धुल्लुबासकोट ६ मा १८ असोज २०४९ (१४ अक्टोबर, १९९२ मा भएकाे थियाे । उनकाे पिताकाे नाम रूप बहादुर र माताकाे नाम धनमाया थापा मगर हाे । उनलाई गाउलेहरू “सानो बुद्ध” भनेर बाेलाउने गर्थे । जन्म भएको बेला खगेन्द्र मात्र ६०० ग्रामको थिए । मे २००८ मा, खगेन्द्र ब्रिटिश च्यानेल ४ को मार्क डोलन द्वारा होस्ट गरिएको डकुमेन्ट्री द वर्ल्डस स्मलेस्ट म्यान एन्ड मी मा देखिएका थिए ।

खगेन्द्र विश्वको सबभन्दा होचो मान्छे पनि हुन, उनको कद ०.६७ नापिएको थियाे । विश्वका सबभन्दा होचो किशोर, अक्टोबर १४, २०१० मा १८ वर्षको पुगेपछि खगेन्द्रले होचो मान्छे हुने शीर्षक श्रेय एडवार्ड निनो हर्नान्डिजबाट प्राप्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *