यी ५ राशि भएका महिलाको भाग्य चम्किदै छ २०२० मा

काठमाडाैँ । यदि तपाईँलाई ज्योतिष शास्त्रमा विश्वास छैन भने यहाँ भन्दा अगाडी नपढ्दा पनि हुन्छ, समय र डेटा खेर नफाल्नुस् । यदि साच्चिकै विश्वास लाग्छ भने अन्त्यसम्म पढ्नुस र जानिराख्नुस तपाईँको ग्रह गोचर कस्तो छ यो वर्ष । हामी यहाँ त्यसबारेमा केही चर्चा गर्दै छौँ ।

नयाँ वर्ष नयाँ दिनले हरेकका लागि एक नयाँ उत्साह, आशा र खुसी लिएर आएको हुन्छ । नयाँ वर्षमा कतिपयको वर्ष र दिन मात्रै मात्रै होइन भाग्य र हैसियत पनि बदलिन सक्छ । आज हामी विभिन्न एजेन्सी तथा ज्योतिस शास्त्रमा उल्लेख गरिएको ग्रह गोचर राशि लग्नका आधारमा केही यस्ता युवतीको बारेमा बताउँदै छौँ, जसको यो नयाँ वर्ष केही खास हुँदैछ । आउनुस चर्चा गरौँ कुन कुन राशि भएका युवतीहरुको चम्किदै छ यो साल किस्मत ।

मकर राशि
मकर राशि भएका युवती अनुशासित, ईमानदार र आफ्नो कामप्रति समर्पित हुन्छन् । उनीहरुको यही स्वभावले यो वर्ष आफ्नो लक्ष्य छिट्टै हासिल गर्नेछन् । उनीहरुको मेहनतले उनीहरुका हरेक जसो काममा सफलता मिल्नेछ । यसवर्ष उनीहरुको ग्रह दशा राम्रो रहेकाले मेहनत गरेका कामहरु सफल हुनेछन् । यसका साथै अधुरा कामहरु पनि बन्ने छन् । प्रेम जीवन पनि सफल नै रहनेछ । प्रेमीसँगको सम्बन्ध बिगतमा भन्दा अझ बढी प्रगाढ र मजबुत हुनेछ ।

कन्या राशि
जसको राशि कन्या छ उनीहरुको पनि यो वर्ष धेरै राम्रो हुने छ । उनीहरुलाई यो वर्ष आर्थिक संकटको सामना गर्नुपर्ने छैन । विवाहित महिलाहरुको यो साल निकै रोमान्टिक हुने छ । यो राशि भएका युवतीको प्रेम जीवन सफल हुने योग रहेकाले यदि कसैलाई मन पराउनु भएको छ भने पनि आफ्नो दिलको कुरा मन पराएको ब्यक्तीसँग गर्दा राम्रो हुन्छ । भोलि आफूले मन पराएको मान्छेलाई तपाईँले भन्दा पहिले अरु कोही परायाले आफ्नो बनायो भने न्याउरी मारी पछुतो भने जस्तो हुन्छ । ग्रह गोचर अनुसार कन्या राशि हुने युवतीहरुको कार्य सफल हुने योग रहेकाले शुभ काममा ढिला नगर्नु नै उत्तम हुन्छ ।

वृष राशि
बृष राशि हुने युवतीहरुले केही कुराहरुमा बदलाव ल्याउनु राम्रो हुन्छ । हरेक काममा सकारात्मक नतिजा मिल्ने भएकाले पूरा सालभर नै तपाईँ उत्साहित रहनुहुनेछ । तपाईँको जीवनमा खुसीको साथमा प्यार पनि आउने छ । जसको विवाह भएको छैन यस वर्ष आफूले चाहेको सपनाको राजकुमार प्राप्त गर्ने योग छ । शादीशुदा महिलाको प्रेम जीवन पनि उत्तम रहने छ । बृष राशि भएका महिलाका लागि पनि यो वर्ष भाग्यशाली सावित हुनेछ । यो वर्ष गरेका काम पनि सफल हुने देखिन्छ ।

सिंह राशि
यसै पनि आफ्नो आकर्षणले सबैको दिल जित्न माहिर सिंह राशि भएका युवतीहरुका लागि नयाँ वर्ष २०२० राेमान्सले भरिपूर्ण हुने छ । नयाँ जागिर पाउनको लागि तपाईँले गरेको मेहनत खेर जाने छैन । तपाईँको मेहनतले जीवनमा नै बहार ल्याउने योग छ । नयाँ जागिर अफर आउने छ । जो अविवाहित हुनुहुन्छ नयाँ सालमा नयाँ सम्बन्ध स्थापित हुने प्रवल सम्भावना छ । हतारमा निर्णय नलिनुहोला सोच बिचार गरेर गरेका कार्य सफल हुने योग छ ।

धनु राशि
धनु राशि भएका युवतीहरुका लागि पनि यो साल निकै राम्रो रहेको छ । बिगतका सबै तनाब दूर हुने छन् । तपाईँको मेहनत र लगनले तपाईँलाई यो वर्ष भाग्ले पनि राम्रो साथ दिएको छ । त्यसैले यो साल तपाई आफ्नो काममा सफलताको शिखर चुम्न सक्नुहुने छ । यसका साथै तपाईको सम्बन्धमा भएका सबै टकराबहरु पनि हट्ने छन् । ग्रद दशा राम्रा छन् । अधुरा कामसमेत बन्ने योग छ । मेहनत गर्न नछाड्नु होला तपाईँको भाग्य यो साल चम्किने छ ।  – एजेन्सीको सहयोगमा

भाग्य छ भन्दैमा डोकोमा दुध दुहेर अडिदैन मेहनत परिश्रम र लगनशीलताले आफ्नो भाग्य आफै बदल्न सकिन्छ । हत्केलाको रेखामा होइन हातको सिपमा विश्वास राख्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *