नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रहरीलाई ‘डण्ठे’ भन्ने गायिका आश्था राउतले माफी मागिन्
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक लाइभ मार्फत अपशब्द प्रयोग गरेर प्रहरीको तिखो आलोचना गरेकी गायिका आश्था राउतले माफी मागेकी छिन् ।
बुधबार काठमाडौँबाट झापा जाने क्रममा त्रिभुवन विमानस्थलमा महिला प्रहरीले आफूमाथि दुब्र्यवहार गरेको भन्दै गायिका राउतले भद्रपुर ओर्लिए लगत्तै फेसबुक मार्फत आक्रोश पोखेकी थिएन् ।
प्रहरीप्रति गरेको उनको टिप्पणीको विषयलाई लिएर चौतर्फी आलोचना भएपछि उनले बिहीबार फेसबुक मार्फत नै माफी मागेकी छिन् । उनले लेखिकी छिन्, रिसको आवेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो । In-appropriate words हरुको लागि क्षमा चाहान्छु । प्रशासनको Hectic कामहरु प्रति मलाई सँधै नै Respect छ तर सर्वसाधारणहरुसँग बोल्दा तुत्क्ष व्यबहार नगरियोस् । तँ तँ र म म गर्न बन्द गरियोस् । नैतिक शिक्षाको कमि नरहोस् 🙏🏼 Give Respect Take Respect 🙏🏼