गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

तीजका गीत गाउने भए बेदनाका गाउ (भिडियाे)
काठमाडाैँ । पछिल्ला समय तीज गीत विकृत बन्दै गइरहेका बेला कलाकार बिनाेद भण्डारीले तीजका माैलिकता अनुसारको गीत गाउन आग्रह सहितको गीत बजारमा ल्याएका छन् । तीजका गीतको बिकृतीलार्इ झटारो हान्दै माैलिक गीत गाउन नजाने अरू पेसा गरेर खानु तर विकृति नल्याउन उनले गीत मार्फत आग्रह गरेका छन् ।
पहिले पहिले पुरुषोत्तम न्याैपाने, हरिदेबी कोइराला, प्रजापति पराजुली लगायतका कलाकारले वेदनाका गीत गाउने गरेको तर अाजभाेलिका गीत तीजका मर्मअनुसार नहुने गरेको गीतमा गुनासो गरेका छन् ।
तीजका गीत खत्तम बाेलकाे गीतमा बिनाेद भण्डारी र पछिल्ला समय चर्चामा रहेकी गायिका सम्झना भण्डारीले स्वर दिएकाक छन् । शब्द सिर्जना शिव अखेलीले गरेका हुन् भने संगीत नरेन्द्र क्षेत्रीले भरेका छन् । पृथ्वी इन्टरटेनमेन्टले बजारमा ल्याएकाे यस गीतको भिडियाेमा निर्देशन प्रकाश भट्ट, छायाङ्कन राजेश घिमिरे र सम्पादन विष्णु शर्माले गरेका हुन् । भिडियाेमा हर्के हवल्दार र राेशनी साप्काेटाले मुख्य अभिनय गरेका छन् ।