नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

६९ पटक रक्तदान गर्ने लुइँटेल सम्मानित
सुरुङ्गा। ६९ औँ पटक रक्तदान गर्ने झापाको विर्तामोड निवासी ओमप्रकाश लुइँटेल सम्मानित हुनुभएको छ । सहारा नेपाल सहकारी संस्थाले आफ्नो २३औँ वार्षिक साधारणसभाका अवसरमा उहाँलाई आज प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो । लुइँटेल झापामा सबैभन्दा बढी रक्तदान गर्नुमध्येमा पर्नुहुन्छ ।
रगत अभावमा मृत्यु श्ययामा छटपटाइरहेका मानिसलाई रक्तदान गर्दै नयाँ जीवन दिलाउन र मानवीय सेवामा लुइँटेलले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई सो सम्मान गरिएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।