हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
के तपाईँको घरमा ऐना वास्तुअनुसार सही ठाउँमा छ ?
काठमाडौँ । ऐना नहुने घर वा कोठा सायद कोही नहोला सबैको घर कोठामा एक न एक ऐना त जरुर छ । कोठामा भएको ऐना हरेक दिन पक्कै पनि हेर्नुहुन्छ होला । खासगरी महिला त निकै हेर्नुहुन्छ होला । तर तपाईँले कहिल्लै सोच्नुभएको छ ? कि तपाईले आफ्नो ऐना बास्तु अनुसार उपयुक्त ठाउँमा राखेको छ छैन भनेर ? त्यसो त हामीले यस्ता कुुराहरुमा खासै ध्यान नै दिँदैनौँ । तर सानासाना कुराहरुले पनि हाम्रो दैनिक जीवनमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । यदि वास्तु मिलेको छैन भने आर्थिक सङ्कट, बिभिन्न झमेलाहरु आउन सक्छन् । आज हामीले यहाँ वास्तुशास्त्रसँग जोडेर ऐनाका सम्बन्धमा चर्चा गर्दैछौँ ।
वास्तुविज्ञानमा सदियाँैदेखि नै ऐनाको प्रयोग हुँदै आएको छ । जहाँ वास्तुविज्ञान ऐनाको प्रयोग गरेर वास्तुदोष हटाउादै आएको छ । भनिन्छ वास्तुदोष हटाउनका लागि दर्पण वा ऐना एक महत्वपूर्ण साधन हो । यही कारण पनि ऐनासँ सम्बन्धित वास्तुदोष बारे ध्यान पु¥यायउनु पर्ने वास्तुशास्त्रका जानकारहरु बताउँछन् ।
प्रानीन समयदेखि नै भनिदै आएको छ की शयन कक्षमा कहिल्लै पनि ऐना राख्नुहुँदैन । वास्तुका अनुसार यसले पत्नीसँगको सम्बन्धमा विश्वासमा कमी आउँछ । जसका कारण पारिवारिक तनाब बढ्न सक्छ । घर झगडा बढ्न सक्छ । ऐना प्रयोग गर्दा पनि ध्यान दिनु पर्छ एनामा चेहरा प्रष्ट र वास्तविक देखिने हुनुपर्छ । प्रष्ट चेहरा नदेखिने ऐनाले नकारात्क प्रभाब पार्ने वास्तु विज्ञानमा उल्लेख छ । फोहर ऐनाले घरको समृद्धि र शान्तिमा खलल ल्याउँछ । वास्तुविज्ञान अनुसार ऐना जति हलुका र ठूलो भयो उति नै फाइदायुक्त हुन्छ ।
यदि तपाईँ चाहानुहुन्छ की आफ्नो घरमा नकारात्मकता नरहोस्, घरमा सुख समृद्धि पनि बढोस् त्यसो हो भने घरको दैलोको नजिक गोलो आकारको ऐना लगाउनुस् । साथै उन्नती र लाभका लागि घरको उत्तर वा पूर्वी दिशामा ऐना लगाउनुहोस् । वास्तुविज्ञानका अनुसार यस दिशामा ऐना लगाउँदा ब्यापार व्यवरायमा भएको घाटा, आर्थिक नोकसान हटाएर धनलाभ हुन्छ । धनबृद्धिमा पनि साहयक सिद्ध हुन्छ ।
याद राख्नुस् भाग्य छ भन्दैमा डोकोमा दुध दुहेर हुँदैन, कर्म गर्नुस् भाग्यको फल त छँदैछ ।
–एजेन्सीको सहयोगमा