जीतपुरसिमरा उपमहानगरपालिमा बेरुजुको चाङ, फर्छ्याेटमा ध्यान गएन

बारा । महालेखा परीक्षकको कार्यालयले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रु दुई करोड ७४ हजार बेरुजु देखिएको भन्दै चासो बढाएको छ । महालेखाले आर्थिक वर्ष २०७४/७५ मा पदाधिकारीको तलबभत्तादेखि ठेकेदारसँग असुलउपर गर्नुपर्नेसम्मका रकम आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो ।

महालेखाले विसं २०७५÷७६ को लेखा परीक्षणमा हिसाब मिलान गर्न पुनः पत्राचारसमेत गरेको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंले जानकारी दिनुभयो ।

उहाँले महालेखाको टोली स्थलगत अध्ययन र अनुगमनका क्रममा रहेको हुँदा स्थानीयस्तरमा समपरीक्षण गर्न अनुरोध गरिएको बताउनुभयो । महालेखाको प्रतिवेदनअनुसार सबैभन्दा बढी पदाधिकारीको तलबभत्तामा रु १८ लाख बेरुजु देखिएको छ । आफैँले कानून र कार्यविधि निर्माण गरी लिएको सेवा–सुविधा फिर्ता गरेका छैनन् । महालेखाबाट सेवा सुविधा फिर्ता गर्न पत्राचार समेत भएको बताइन्छ ।

यसैगरी विद्यालयका नाममा समेत रु नौ लाख ७४ हजार ९६८ बेरुजु देखिएको छ । विद्यालयलाई समेत बेरुजु फछ्र्योटका लागि पत्राचार गरे पनि विद्यालयलबाट उपमहानगरले सो रकमको फछ्र्योट र फरफारक गर्न नसकेको बताइएको छ । यस्तै विभिन्न विद्यालयमा विद्यार्थी सङ्ख्याभन्दा बढी विद्यार्थी सङ्ख्या देखाएर लगेको छात्रवृत्ति रकमको रु ६८ हजार ४०० समेत उपमहानगरले फिर्ता गराउन सकेको छैन ।

जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरीले शिक्षिकाबाट राजिनामा दिएपश्चातसमेत पर्व खर्च भन्दै रु २२ हजार १७० कार्यरत रहेको विद्यालयबाट भुक्तानी लिएको पाइएको छ । हालसम्म उपमेयर चौधरीले फिर्ता नगरेको बुझिएको छ । उपमेयर निर्वाचित भएपश्चात चौधरीले आफू कार्यरत विद्यालयबाट दशैँ खर्चवापत एक महिनाको सेवासुविधा लिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । प्रमुख प्रशासकीय अधिकृत सेढाईंले जनप्रतिनिधि माथि बेरुजु रकम देखिए असुल गरिने बताउनुहुन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *