बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

पुल निर्माण अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सन कालोसूचीमा
काठमाडौं । पप्पु कन्स्ट्रक्सन एक वर्षका लागि कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार एक सूचना जारी गर्दै रमण–पप्पु जेभीलाई कालोसूचीमा राखेको जनाएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमनको कार्यालयले सो कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राखेको जनाएको हो ।
२०७६ साउन २१ गतेदेखि लागु हुने गरि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम् कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कालोसूचिमा रहेको समयमा रमण–पप्पु जेभीले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैन ।
हुलाकी सडक निर्देशनालयको सिफारिस अनुसार पप्पु कन्स्ट्रक्सनलाई कालो सूचिमा राखिएको हो । पप्पु कन्स्ट्रक्सनले विभिन्न ठाउँमा ठेक्का लिने तर काम अधुरै छाड्ने गरेपछि कालोसूचिमा राख्नु परेको कार्यालयले जनाएको छ ।
पप्पु कन्स्ट्रक्सनले पूर्वको सुनसरीदेखि पश्चिमको कञ्चनपुरसम्मका २८ वटा पुलको ठेक्का पाएको छ । अधिकांश पुलको समयावधि सकिएको छ । तर, कुनै पनि पुल सम्पन्न भएका छैनन् । पप्पु कन्स्ट्रक्सनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा पनि दायर गरेको छ ।