काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
सुनको मूल्य इतिहासकै महंगो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । लगातार भारी मूल्यमा उकालो लागेको सुनको सुनको मूल्य सोमबार ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन ७५ हजार सात सय रुपैयाँ पुगेको छ भने चाहिँको मूल्य प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो । अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।