बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

राष्ट्रियसभामा सिमा विवाद सम्बन्धी संकल्प प्रस्ताव स्वीकृत
काठमाडौँ । राष्ट्रियसभाले भारतसँगको सिमा विवाद सम्बन्धी विषयको संकल्प प्रस्ताव स्वीकृत गर्दे कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबारको राष्ट्रियसभा बैठकले सिमा विवाद सम्बन्धी राष्ट्रिय संकल्प प्रस्तावमाथिको छलफल पछि सर्वसम्मतिले स्वीकृत गरेको हो । राष्टियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सर्वसम्मति स्वीकृत भएको संकल्प प्रस्ताव कार्यसरकारलाई निर्देशन दिनुभएको हो ।
उहाँले भन्नुभयो “सभाबाट स्वीकृत संकल्प प्रस्ताव राष्ट्रियसभा नियावली पहिलो संसोधनको नियम ८७ बमोजिम कार्यान्वयन गर्न नेपाल सरकारलाई यो सभा निर्देश गर्दछ । ”
संकल्प प्रस्तावका प्रस्ताबक नेकपाका सांसद खिमलाल भट्टराईले राष्ट्रिय स्वधिनता , सार्वभौमिकता, स्वतन्त्रता, क्षेत्रिय अखण्डताको विषय कुनै पनि देशका लागि जिवन मरण र निर्णायक प्रश्न बन्ने भन्दै कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालीका लागि त्यस्तै बिषय बनेको बताउनुभयो । तथ्य र प्रमाणका आधारमा ती भु भाग आफ्नो भनेर दाबी गरिएको भन्दै उहाँले सुगौली सन्धिले तय गरेको नेपालको सिमा कायम गर्ने तर्फ पहल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । आग्रह गर्नुभयो ।
प्रस्तावको समर्थन गर्दै नेपाली कांग्रेसका सांसद सरिता प्रसाईले सरकारले सिमा विवाद मिलाउन सक्रिय कुटनीतिक पहल गर्न नसकेको तथा प्रधानमन्त्रीको तहबाट पनि छलफल नभएको भन्दै सिमा विवाद मिलाउने सवालमा भारतसंग कुरा गर्न के ले रोक्यो भनी प्रश्न गर्नुभयो । उहाँले लिम्पियाधुरा, कालापानी र लिपुकेल हाम्रो हो भन्ने प्रमाण सहित आफ्नो धारणा भारत सरकार समक्ष राखी विवाद टुंग्याउन आग्रह गर्नुभयो ।
संकल्प प्रस्तावमा भनिएको छ “नेपालको संविधानको धारा ५ मा राष्ट्रिय हितको सम्बन्धमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वधिनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिष्य एकता अक्षुण्ण राख्ने विषय प्राथमिकताका साथ उल्लेख गरिएको छ । यसै परिपेक्षमा केही समय पहिले भारत सरकारले नेपालको सदुरपश्चिम प्रदेश अन्र्तगत दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र लगायतका जमिनलाई भारतीय भूमिका पारी नक्सा प्रकाशित गरिएकोमा सम्पूर्ण मुलुकको गम्भीर ध्यानाकर्षणभएको छ । कालापानी , लिपुलेक, लिम्पियाधुरा नेपालका अविभाज्य भूमि हुन् । हाम्रो देशको अविभाज्य भूमिलाई आफ्नो देशको नक्सामा गाँसेर भारत सरकारले नक्सा सार्वजनिक गरकेो सन्र्दभमा नेपाल सरकारको पहलमा सर्वदलीय बैठक आयोजना भई सम्पुर्ण राजनीतिक दलबाट नेपालको उक्त भू भाग र सो भू भागमा रहेका भारतीय सेना फिर्ता गरी नेपाली सीमाको रक्षा गर्न दृढ राष्ट्रिय अडान कायम भयो । सीमा सम्बन्धि उक्त विषयमा उच्चा स्तरका अभूतपूर्व एकता कायम रहेको सन्र्दभमा नेपाल सरकारले यसलाई अझ सशक्त ढङ्गका साथ कुटनीतिक र उच्चस्तरीय राजनीतिक पहलकदमी गरी नेपालको भूभाग अक्षुण्ण राख्ने कालापानी क्षेत्रबाट बर्षौ देखि रहदै आएका भारतीय सेना हटाउन राष्ट्रको आवाज एकताबद्ध बनाउन यो संकल्प प्रस्ताव प्रस्तुत गर्दछौ । ”
प्रस्तावमा मिचिएको नेपाली भूमि र नेपाली भूमिमा रहेका भारतीय सेना फिर्ता गरी नेपालको सीमा रक्षा गर्न राष्ट्रिय एकता कायम भएको प्रति ध्यानाकर्षण पनि गराइएको छ । प्रस्तावमा ‘नेपाल सरकारद्वारा जारी कुटनीति पहललाई अझै सशक्तताका साथ अघि बढाउन र उच्च स्तरीय राजनीतिक पहल कदमी गर्न । यस मामिलामा सम्पूर्ण राजनीतिक दल र नेपाली जनताको अभूतपूर्व एकतालाई कायम राख्न । नेपालको सम्पूर्ण सीमाहरुमा देखिएका समस्याहरुको समाधान राष्ट्रिय सहमतिका साथ अघि बढाउन । नेपाल भारत उच्च स्तरिय प्राविधिक समितिद्वारा सीमा सम्बन्धि समस्या समाधानमा गरिएको पहललाई निष्कर्षमा पु¥याउन भूमिका खेल्न’, निर्देशन गरिएको छ ।
प्रस्तावमाथिको छलफलमा सहभागी हुदै सांसदहरुले नेपालको सम्पुर्ण भुभागको भौगोलिक नक्सा सार्वजनिक गर्न, सिमा सुरक्षा तैनाथ गर्न, सिमा क्षेत्रका जनतालाई भौतिक सुविधाको व्यवस्था गर्न, भारतीय सेनालाई कालापानीबाट फिर्ता गर्न र सिमा सुरक्षाको समस्या तत्काल समाधान गर्ने उपयुक्त बाटो अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
छलफलमा उठेका प्रश्नको सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सिमा विवाद कुटनीतिक ढंगबाट समस्या समाधान गर्नेमा सरकार विश्वस्त रहेको र सोही अनुसार काम अगाडि बढाईरहेको स्पष्ट पार्नुभयो । सुगौली सन्धि र त्यसका ४ वटा पुरक सन्धिको बारेमा जानकारी दिदै उहाँले नेपालको सिमा सुगौली सन्धिलाई नै आधार मानेर गरिएको र सोही सिमा अहिले पनि कायम रहेको स्पष्ट पार्नुभयो । सन् १८ सय १६ को मार्च ४ मा भएको सन्धिले पुर्व मेची नदी र पश्चिमको सिमा कालीनदी तय गरेको, १८ सय १६ को डिसेम्बर ८ मा भएको पुरक सन्धिले पुर्वमा कोशी देखि पश्चिममा राप्ती सम्म दक्षिणको सिमा निर्धारण गरेको , १८ सय ६० को नोभेम्बर १ मा उत्तरमा बाँके, बर्दिया, कैलाली र कन्चनपुर फिर्ता गर्ने गरि सक्म्झौता भएको र १८७५ का जनवरी ७ मा दाङको सिमा निर्धारण गर्ने सन्र्दभमा सम्झौता भएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “नेपालको वर्तमान सिमा सुगौलि सन्धिबाट निर्धारण भएको हो । सुगौलि सन्धिकै पुरक सन्धि मार्फत निर्धारण भएका बाहेक सिमा निर्धारणका लागि अर्को सिमा सन्धि भएको छैन । ”
उहाँले नेपाल भारत सिमा क्षेत्रमा ८ हजार ७ सय ५३ वटा सिमा स्तम्भ मध्ये ८ हजार भन्दा बढी सिमा स्तम्भको पहिचान भईसकेको र बाँकीको खोजी गर्ने काम भईरहेको स्पष्ट पार्नुभयो ।