बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपालका नाममा
काठमाडौँ । नेपालका बलर सोपाल कामी अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् ।
नेदरल्यान्ड्सस्थित भिआरए मैदान भर्खरै शुरु भएको अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा सोमपालले तेस्रो ओभरको तेस्रो बलमा नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरेका हुन् ।
गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै नेपालले एक दिवसीय मान्यता पाएको थियो । टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ । नेदरल्याण्ड्सले अहिले ३० ओभरको खेल सकिँदासम्म ४ विकेटको क्षतिमा १२९ रन बनाएर खेलिरहेको छ । नेपालका कप्तान पारस खड्काले २ र सन्दीप लामिछानेले १ विकेट लिएका छन् ।