नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

आधुनिक गायक रामकृष्ण ढकालको सम्बन्ध बिच्छेद
काठमाडौँ । आधुनिक गायक रामकृष्ण ढकाल र श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ । बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद गर्ने सहमति भएकाे हाे ।
ढकाल दम्पतीले हिजो (मंगलवार) जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । उनीहरु दुबैको सहमतिमै पारपाचुके भएको बुझिएको छ ।
न्यायाधीश विदुर कोइरालाको इजलासले सम्वन्ध विच्छेदको निर्णय सुनाएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिनुभयो ।
मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्वन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ ।
छोरी भने आमासँगै रहने बताइएको छ । उनीहरुको प्रेम विवाह भएको थियो । शाहले ढकालबाट कुनै पनि प्रकारको अंश तथा मानाचामल नलिने शर्त अनुसार सम्बन्ध विच्छेद गरेकाे बताइएकाे छ ।