काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
समर्थन फिर्ता लिँदै उपेन्द्रले भने अब ओली सरकारको दुई तिहाइको दम्भ सकियो
काठमाडौँ । समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता बोलाएको समाजवादीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
संविधान संशोधनका लागि सरकार तयार नभएपछि समर्थन फिर्ता लिएको पार्टी अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो । प्रधानमन्त्री स्वयम आफुले गरेको सहमतिबाट एकलौटी रुपमा पछि हटेपछि सरकारमा बस्नु औचित्य सकिएको उहाँले बताउनुभयो ।
‘सरकारमा सहभागि हुँदा संविधान संशोधन गर्ने गरि विभिन्न आन्दोलनमा उठेका मुद्धाहरु, राष्ट्रिय सवालहरुलाई हल गर्दै संविधानमा भएको कमि कमजोरी हटाउने भन्ने स्पष्ट सहमित भएको थियो । हामीले पटक पटक भन्यौँ । पार्टीको प्रतिनिधिमण्डल नै बनाएर प्रधानमन्त्रीलाई संविधान संशोधनका लागि स्मरण गरायौँ’, उहाँले भन्नुभयो, ‘संविधान संशोधनका लागि भएको सहमति त कार्यान्वयन भएन उल्टो नीति निर्माण, बजेट निर्माण, कानुन बनाउँदा कुनै सहकार्य भएन् । सहकार्यको संस्कृति लत्याएर एकलौटी निर्णय गर्दै गर्दै जाुनभयो ।’
अध्यक्ष यादवले मन्त्रिपरिषदमा संविधान संशोधनको प्रस्ताव नभएर आफुले संविधानमा भएको त्रृटिहरु केलाएर संशोधन गर्न संविधानविदहरुको विज्ञ टोली बनाएर अध्ययन छलफल गर्ने प्रस्तावलाई प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेपछि सरकारमा के गरी बस्ने ? भन्दै प्रश्न गर्नुयभो ।
यादवले सरकरलाई दिएको समर्थन फिर्ता लिएर अब प्रतिपक्षमा बसी प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय पार्टीले गरेको बताउनुभयो ।
तराई मधेशका जिल्लाहरुमा तीव्र दमन भएरहेका बेला संविधानको घोषणा गरिएको स्मरण गर्दै उहाँले तराई मधेशमा संविधान दिवसको दिन ब्ल्याक आउट हुनुको कारण संविधानका कतिपय धाराहरु अस्वीकार्य रहेको बताउनुभयो ।
‘पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको दुई तिहाईको दम्भ सकिएको छ । शासकीय स्वरुप, निर्वाचन प्रणाली, समावेशीताको सवालमा हाम्रो पार्टीको असहमति हो’, उहाँले भन्नुभयो ।
राष्ट्रिय जनतापार्टीसँग एकीकरणका लागि धेरै हदसम्म कुरा भएको केही प्राविधिक कुराहरु बाँकी रहेको उहाँले बताउनुभयो । राजपाले एकताका लागि राख्दै आएको मुख्य शर्त पुरा भएको अब राजपा कसरी अगाडी बढ्छ ? भन्नेमा एकताको खाका कोरिने उहाँले बताउनुभयो ।