गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

समाजवादी पार्टीले सरकार छोड्यो, दुबै मन्त्रीले राजीनामा बुझाए
काठमाडौँ । समाजवादी पार्टीले सरकारबाट बाहिरिएको छ । मङ्गलवार आकस्मिक रूपमा बसेको पार्टी पदाधिकारीहरूको बैठकले सरकार छोड्ने निर्णय गरेको गरेको हो ।
पार्टीको सरकार छोड्ने निर्णय गरेसँगै उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राइले पदबाट राजीनामा दिनुभएको छ । पार्टी अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको उल्लेख गर्नुभएको छ ।
पत्रमा भनिएको छ, ‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’
यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिनुभएको थियो । संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री यादवले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोज्नु भएको थियो । तर प्रधानमन्त्रीले उहाँको प्रस्ताव अस्वीकार गरिदिएपछि यादवको पार्टी सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।