बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

जिल्ला अस्पताल पाल्पाको अध्यक्षमा पाण्डे र रामपुरमा शर्मा नियुक्त
सुनिल कार्की
पाल्पा । जिल्ला अस्पताल विकास समिति पाल्पाको अध्यक्षमा नेत्र प्रसाद पाण्डे नियुक्त हुनुभएको छ । प्रदेश नंं ५ सरकारको शुक्रबार बसेको बैठकले अस्पताल विकास समितिमा पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
यस्तै नियुक्ती हुनेमा बर्दिया अस्पतालको अध्यक्षमा अंगद श्रेष्ठ र रामपुर अस्पताल पाल्पाको अध्यक्षमा बासुदेव शर्मा रहेका छन् । त्यस्तै पृथ्वी चन्द्र अस्पताल नवलपरासीको महिला सदस्यमा सरिता पौडेल, रामपुर अस्पतालमा ईश्वरी देवी खनाल, पाल्पा अस्पतालमा शुसिला देवी श्रेष्ठलाई महिला सदस्यमा नियुक्त गरिएको छ ।
जिल्ला अस्पतालमा प्रभावकारी ब्यवस्थापन नुहुँदा सेवाप्रवहा प्रभावकारी हुन सकेको थिएन । नेतृत्व आएपछि भने सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ ।