What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेकपा सचिवालय बैठक बस्दै, यी हुन् मुख्य एजेण्डा
What To Know
- काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्दैछ । मङ्सिर १४ गते भएको स्थायी कमिटी बैठकको कार्यसूची, उपनिर्वाचनको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका कार्यसूचीमा छलफल गर्न बैठक बस्न लागेको हो ।.
- पार्टीको केन्द्रीय विभाग र आयोगले प्रमुख र उपप्रमुखबाहेकको पूर्णता पाउन सकेको छैन । मङ्सिर २३ गतेको बैठकले केन्द्रीय आयोग र विभागका प्रमुख र उपप्रमुखलाई ७ दिनभित्र त्यससम्बन्धी प्रस्ताव तयार पार्न प्रमुख र उपप्रमुखलाई जिम्मेवारी दिएको थियो ।.
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्दैछ । मङ्सिर १४ गते भएको स्थायी कमिटी बैठकको कार्यसूची, उपनिर्वाचनको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका कार्यसूचीमा छलफल गर्न बैठक बस्न लागेको हो ।
उपनिर्वाचन भएका ठाउँबाट सबैको समीक्षात्मक प्रतिवेदन केन्द्र बुझाउन मङ्सिर १८ गते बसेको सचिवालयको बैठकल निर्देशन दिएको थियो तर समयमा सबैको प्रतिवेदन नआएको भन्दै पाँच दिनभित्र सबैले आआफ्नो प्रतिवेदन बुझाउन मङ्सिर २३ गते बसेको सचिवालयको बैठकले दिएको थियो ।
प्राप्त प्रतिवेदनमाथि शुक्रबार बस्ने सचिवालय बैठकमा छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी मङ्सिर २९ गते बस्ने स्थायी कमिटीको बैठकमा हुने एजेन्डाहरूको विषयमा पनि छलफल हुने बताइएको छ ।
पार्टीको केन्द्रीय विभाग र आयोगले प्रमुख र उपप्रमुखबाहेकको पूर्णता पाउन सकेको छैन । मङ्सिर २३ गतेको बैठकले केन्द्रीय आयोग र विभागका प्रमुख र उपप्रमुखलाई ७ दिनभित्र त्यससम्बन्धी प्रस्ताव तयार पार्न प्रमुख र उपप्रमुखलाई जिम्मेवारी दिएको थियो ।
सचिवालय बैठकले केन्द्रीय विभाग, आयोग र सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्चले पनि पूर्णता दिइनेछ ।






