नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

चार स्वर्ण जितेकी गौरीकाले पाउने पुरस्कार रकमकाे टुङ्गाे लाग्याे, यस्ताे छ हिसाब किताब
काठमाडौँ । मंगलबार सम्पन्न १३ औँ साग खेलकुदमा ४ स्वर्ण जितेर कीर्तिमान बनाएकी पौडी खेलाढी गौरीका सिंहले सर्वाधिक पुरस्कार रकम प्राप्त गर्ने भएकी छिन् । प्रधानमन्त्री ओलीले बुधबार सरकारी निवास बोलाएर पदकधारी खेलाडीहरुलाई नगद पुरुस्कार दिने गरेको घोषणा अनुरुप गौरीकाले ४ स्वर्ण र २ रजत र टिम इभेन्टमा तीन कांस्य गरी ५९ लाख नगद पाउने भएकी हुन् ।
प्रधानमन्त्री ओलीले सागमा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई जनही ९ लाख रजत जित्नेलाई ६ र कास्य जित्नेलाई ३ लाख दिने घोषणा गर्नुभएको थियो । एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको थियो ।
एकभन्दा बढी स्वर्ण जित्नेहरुले कति पाउने भन्नेमा अधिकारीहरु नै अलमलमा देखिएका थिए । बिहीबार एक कार्यक्रममा राखेप सदस्य सचिप रमेश सिलवालले गौरिकाले ५९ लाख रुपैयाँ पाउने हिसाब सुनाउनु भएकाे हाे । चार स्वर्णको ११ लाखका दरले ४४ लाख पाउनेछिन् भने दुई रजततको ६ लाखका दरले १२ लाख । तीन कांस्य टिम इभेन्टमा जितेकाले जम्मा तीन लाख गरी कुल ५९ रुपैयाँ पाउने भएकी हुन् ।