नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सागमा स्वर्ण जित्नेलाई सरकारले ९ लाख रुपैयाँ दिने
काठमाडौँ । १३ औं सागमा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई सरकारले ९ लाख रुपैयाँ दिने भएको छ । त्यस्तै रजत जित्नेलाई ६ र कास्य जित्नेलाई ३ लाख दिने भएको छ ।
बुधबार सागका पदक विजेता खेलाडीलाई बोलाएर प्रधानमन्त्री केपी ओलीले आफ्नै निवासमा यो घोषणा गर्नुभएको हो । एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रुपैयाँ दिइने बताइएको छ । १ भन्दा बढी स्वर्ण पदक ल्याउने खेलाडीलाई भने ११ लाख प्रदान गरिने छ । जस अन्तर्गत एकै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी पौडी खेलाडी गौरिका सिंहसहित ४ खेलाडीले ११ लाख पाउने छन् ।
काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।