हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
लोकसेवा आयोगले माग्यो २ सय ९६ अधिकृत (विज्ञापन सहित)
काठमाडौं । लोकसेवा आयोगले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरी अधिकृत (प्राविधकसमेत) का लागि विज्ञापन खुलाएको छ । न्याय, कानून र अन्य गरी तीन समूहमा २ सय ९६ अधिकृतका लागि दरखास्त खोलेको हो ।
अधिकृतस्तरमा न्याय, कानून र सरकारी वकिल गरी खुलातर्फ १ सय ४२ जनाका लागि विज्ञापन खुलाइएको छ । यस्तै न्यायमा ९३, कानुनमा २९ र सरकारी वकिलमा २० जनाको पदपूर्ति खुला प्रतिस्पर्धाबाट गरिनेछ ।
आयोगले न्याय सेवाका कानून, न्याय, सरकारी वकिल समूह तथा लेखापरीक्षण र संसद् सेवा समूहमा मात्र पदपूर्ति गर्नका लागि विज्ञापन गरेको हो । न्याय सेवा र लेखापरीक्षण समूहको सहसचिव र उपसचिवसम्मको आन्तरिक खुला र खुला पदपूर्तिका लागि सूचना जारी गरिएको हो ।
सरकारी वकिल समूहमा सहसचिवतर्फ ७ पदपूर्ति हुनुपर्नेमध्ये एक जना खुलाको खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने आयोगको विज्ञापनमा उल्लेख छ। बाँकी पदपूर्ति आन्तरिक प्रतिस्पर्धा र समावेशी रुपमा हुनेछ ।
उपसचिवतर्फ न्याय सेवावाट ५, सरकारी वकिल २ र व्यवस्थापिका संसद् सेवा समूहमा १ जनाको मात्र खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने बताइएको छ ।
५३ मध्ये अन्य पदपूर्ति आन्तरिक खुला प्रतिस्पर्धा र समावेशीका आधारमा हुने विज्ञापनमा उल्लेख छ ।
महिलातर्फ न्यायमा २३, कानुनमा ८ र सरकारी वकिलमा ४ जनाको कोटा रहेको छ । आदिवासी जनजातितर्फ न्यायमा २२, कानूनमा ७ र सरकारी वकिलमा ३ जनाको कोटा छ ।
समावेशी अन्तर्गत नै मधेसी कोटामा न्यायमा १८, कानुनमा ५ र सरकारी वकिलमा ३ जनाको विज्ञापन गरिएको छ ।