What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
२७ वर्षपछि इङ्ल्याण्ड एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा
What To Know
- यससँगै विश्वकप क्रिकेटको ४४ वर्षकाे इतिहासमा यसपटक नयाँ च्याम्पियन मिल्ने भएकाे छ । याे १२ औं संस्करणको खेल हाे । यसअघि नै भारतलाई हराएर फाइनलमा स्थान बनाएको न्युजिल्यान्ड र इङ्ल्याण्डले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन्।.
- इङ्ल्याण्ड सन् १९७९, सन् १९८७ र सन् १९९२ मा गरी तीनपटक विश्वकपको फाइनलमा पराजित भएको थियो। त्यसयता भने इङ्ल्याण्ड फाइनलसम्म पनि पुग्न सकेको छैन। २७ वर्षपछि इङ्ल्याण्ड उपाधी नजिक पुगेकाे हाे ।.
काठमाडाैँ । आयोजक इङ्ल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। विश्वकपअन्तर्गत बिहीबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता अस्ट्रेलियालाई आठ विकेटले पराजित गर्दै इङ्ल्याण्डले न्यूजिल्याण्डसँगकाे उपाधी भिडण्त पक्का गरेकाे हाे ।
यससँगै विश्वकप क्रिकेटको ४४ वर्षकाे इतिहासमा यसपटक नयाँ च्याम्पियन मिल्ने भएकाे छ । याे १२ औं संस्करणको खेल हाे । यसअघि नै भारतलाई हराएर फाइनलमा स्थान बनाएको न्युजिल्यान्ड र इङ्ल्याण्डले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन्।
इङ्ल्याण्ड सन् १९७९, सन् १९८७ र सन् १९९२ मा गरी तीनपटक विश्वकपको फाइनलमा पराजित भएको थियो। त्यसयता भने इङ्ल्याण्ड फाइनलसम्म पनि पुग्न सकेको छैन। २७ वर्षपछि इङ्ल्याण्ड उपाधी नजिक पुगेकाे हाे ।
इङ्ल्याण्ड यसअघिको संस्करणमा समूहचरणबाटै बाहिरिएको थियो। यसैगरी हालसम्म विश्वकपको उपाधि चुम्न नसकेको न्युजिल्यान्ड एकपटक सन् २०१५ मा विश्वकपको फाइनलसम्म पुगेको थियो।






