नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सागमा सन्तोषीले रचिन् इतिहास, एथलेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला
काठमाडौँ । राजधानीमा जारी १३ औं सागको एथलेटिक्सको महिला १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठ स्वर्ण पदक जितेकी छिन् । निर्धारित दुरी ३५ मिनेट ७.९५ सेकेन्डमा पुरा गर्दै उनले स्वर्ण हात पारेकी हुन् ।
उनले भारतकी पविता यादालाई मात्रा एक मिलीसेकेन्डले पछि पार्दै स्वर्ण पदक आफ्नो पोल्टामा पारेकी हुन् । यादाले ३५ मिनेट ७.९४ सेकेन्डमा निर्धारित दुरी पार गरेकी थिइन् ।
एथलेटिक्समा स्वर्ण जित्ने सन्तोषी पहिलो नेपाली महिला खेलाडी हुन् ।
यो स्पर्धामा भारतकी पविता यादाले रजत र श्रीलंकाकी निलाथीले कास्य पदक पाएका छन् ।