What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

कालापानीमा लिम्पियाधुरामा भारतले बलमिच्याईँ गर्यो ः परराष्ट्रमन्त्री ज्ञवाली
What To Know
- परराष्ट्रमन्त्री ज्ञवालीले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि मिचिएको यथेष्ट प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै त्यसैको आधारमा ती समस्या समाधान गर्न सरकार लागिपर्ने दृढता व्यक्त गर्नु भएको हो । उहाँले त्यसका लागि सरकारलाई राष्ट्रिय सहमति प्राप्त भएको पनि स्मरण गराउनु भयो ।.
- सत्तारुढ नेकपामा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले आईतबार ती समस्या तत्काल समाधान गर्न दिएको ज्ञापन पत्र बुझ्दै उहाँले भारतले बल मिचाई गरेर कालापानीलाई पनि आफ्नो सीमामा राखेर एक पक्षीय नक्सा जारी गरेको उल्लेख गर्दै स्विकार्य नहुने पनि स्पष्ट पार्नु भयो । ‘यसमा नेपालको सदैव असहमति रहँदै आएको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भन्नु भयो,‘यो स्विकार्य हुनै सक्दैन ।’ उहाँले हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङदी नदी भएको भन्दै अनेक कृतिमता खडा गरेर भारतले बलमिच्याईँ गरेको पनि बताउनु भयो ।.
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कूटनीतिक माध्यामबाट भारतसँग रहेका सबै सीमा समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि मिचिएको यथेष्ट प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै त्यसैको आधारमा ती समस्या समाधान गर्न सरकार लागिपर्ने दृढता व्यक्त गर्नु भएको हो । उहाँले त्यसका लागि सरकारलाई राष्ट्रिय सहमति प्राप्त भएको पनि स्मरण गराउनु भयो ।
सत्तारुढ नेकपामा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले आईतबार ती समस्या तत्काल समाधान गर्न दिएको ज्ञापन पत्र बुझ्दै उहाँले भारतले बल मिचाई गरेर कालापानीलाई पनि आफ्नो सीमामा राखेर एक पक्षीय नक्सा जारी गरेको उल्लेख गर्दै स्विकार्य नहुने पनि स्पष्ट पार्नु भयो । ‘यसमा नेपालको सदैव असहमति रहँदै आएको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भन्नु भयो,‘यो स्विकार्य हुनै सक्दैन ।’ उहाँले हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङदी नदी भएको भन्दै अनेक कृतिमता खडा गरेर भारतले बलमिच्याईँ गरेको पनि बताउनु भयो ।
यता, अनेस्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले मन्त्री ज्ञवालीलाई कालापानी र सुस्ताको तत्काल स्थलगत अवलोकन गरी भारतीय पक्षको हेपाहा प्रवृत्तिबाट आहात भएका जनताको जीवनलाई सहज बनाई दिन पनि मन्त्री ज्ञवालीको गम्भिर ध्यानाकर्षण गराएका थिए ।
अनेरास्ववियूले सरकारले भारतले अतिक्रमण गरेको सीमा समस्या समाधानका लागि राष्ट्रिय सहमति कायम गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री ज्ञवालीप्रति आभार पनि व्यक्त गरेको छ ।