नेपाल–चीन सम्बन्धमाथि अमेरिकाको गिद्धे नजर, अमेरिकी वक्तव्यको पूर्णपाठसहित

काठमाडौँ । अमेरिकाले नेपालमाथि चीनको प्रभाब बढ्दै गएको टिप्पणी गरेको छ । बुधबार त्यहाँको संसदीय उपसमितिमा प्रस्तुत गरिएको एक लिखित वक्तव्यमा नेपालमाथि पछिल्लो समय चीनको प्रभाब बढ्दै गएको उल्लेख गरिएको छ । दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एलिस जी वेल्सले दिएको उक्त वक्तव्यमा नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको ब्रिफिङ गरेकी छन् ।

एसिया तथा प्यासिफिक परराष्ट्र मामिलासम्बन्धी एसिया तथा प्रशान्त क्षेत्रीय उपसमितिमा वेल्सले नेपालसम्बन्धी ब्रिफिङ गरेकी हुन् । ’नेपालमा चिनियाँ प्रभाव बढ्दो छ । जसका कारण तिब्बती समुदायमाथि नेपाल सरकारको प्रतिबन्ध छ,’ उनले ब्रिफिङमा सरकारले तिव्वतीयन बुद्धिष्ट समुदायलाई प्रतिबन्ध लगाउने क्रम बढेको पनि उल्लेख गरेकी छिन् । दलाई लामाको जन्मोत्सव मनाउने सार्वजनिक समारोहमा पनि रोक लगाइनु पनि  चीनिया प्रभाबकै कारण भएकाे वक्तव्यमा उल्लेख छ ।

जी वेल्सले नेपालमा सन् २०१८ मा जारी भएको फौजदारी अपारध संहिताले जबरजस्ती धर्म परिवतर्न अपराध मानेकोले धार्मिक अल्पसंख्यक समुदायहरु जोखिममा परेकाे बताएकी छिन् । उनले नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धतामा कुनैपनि आस्था राख्ने र धार्मिक स्वतन्त्रताको अधिकार सुनिश्चतता त गरेको छ तर व्यवहारमा लागू हुन भने चुनौती रहेको समेत जनाएकी छिन् । दवाबमा धर्म परिवर्तनमा बन्देज गरिएकाे उनले आशय व्यक्त गरेकी छिन् ।

नेपालमा पछिल्लोपटक बन्न लागेका मिडिया कानुन सम्बन्धी पनि मेरिकाले चासो देखाएकाे छ । नेपालमा प्रेस स्वतन्त्रता, लोकतन्त्रको सिद्धान्तहरुको रक्षा गरेको छ तर हालै अनलाइन मिडियाहरुसम्बन्धी नियम र निर्देशनहरुले प्रेस स्वतन्त्रता माथि प्रतिबन्ध लगाउने आधार तय गरेको उक्त वक्तव्यमा भनिएको छ ।

हेर्नुहोस् वक्तव्यको पूर्णपाठ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *