नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश
काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । आईतबार काठमाडौं जिल्ला अदालतका न्यायाधिश बाबुराम सुवेदीको एकल इजलासले कार्तिक २ गतेदेखि लागू हुनेगरी पाँच दिन थप थुनामा राख्ने आदेश दिएको हो ।
संसद सचिवालयकी कर्मचारीमाथि यौन दूव्र्यवहार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिनु भएका महरामाथि अनुसन्धान भईरहेको छ । यस अघि अनुसन्धान गर्न दिइएको १३ दिनको म्याद गुज्रिएपछि अदालतले पुन अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको म्याद थप गरिदिएको हो ।