What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

कृषि बिकास बैङ्क ह्याक गरेर पैसा निकाल्ने गिरोह सार्वजनिक
What To Know
- काठमाडौँ । बैंक तथा वित्तिय संस्थाको प्रविधि दुरुपयोग गरी कृषि विकास बैंकको करिब ५ करोड रुपैयाँ चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संग्लन १२ जनालाई महानगरिय प्रहरी अपराध महाशाखाले बुधबार दिउँसो सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुको साथबाट ४० लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको छ ।.
- महाशाखाका अनुसार हृयाकरको समुहले कृषि विकास बैंकको विभिन्न शाखाकाबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ अवैध रुपमा झिकिएको जनाएको छ । त्यस्तै नयाँ बानेश्वरमा रहेको पानस रेमिटबाट भने १२ लाख रुपैयाँ प्राविधिक छिद्रको फाईदा उठाई झिकिएको देखिएको छ ।.
काठमाडौँ । बैंक तथा वित्तिय संस्थाको प्रविधि दुरुपयोग गरी कृषि विकास बैंकको करिब ५ करोड रुपैयाँ चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संग्लन १२ जनालाई महानगरिय प्रहरी अपराध महाशाखाले बुधबार दिउँसो सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुको साथबाट ४० लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट मेघाङका लवाङ तामाङ, रसुवा नौकुण्ड घर भएका लक्ष्मी लामा तामाङ, निर्मला तामाङ र निमा तामाङ, काठमाडौं काभ्रेस्थलीका संजय घले, सर्लाही हरिवनका पुष्पराज खड्का, लमजुङ दोर्दी गाउँपालिकाका विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका(९ का श्रवणकुमार श्रेष्ठ, भारत कोलकत्ताका शुबन्कर पन्जा, कैलाली भजनी नगरपालिका(३ का विजय शाह र चन्द्रबहादुर बुढा रहेका छन् ।
महाशाखाका अनुसार हृयाकरको समुहले कृषि विकास बैंकको विभिन्न शाखाकाबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ अवैध रुपमा झिकिएको जनाएको छ । त्यस्तै नयाँ बानेश्वरमा रहेको पानस रेमिटबाट भने १२ लाख रुपैयाँ प्राविधिक छिद्रको फाईदा उठाई झिकिएको देखिएको छ ।
बैंकका कार्यवाहक उपमहाप्रबन्धक दीर्घवहादुर अर्यालका अनुसार सो परिमाणको रकम विभिन्न बैंकमा ट्रान्सफर भएको हो । यसमध्ये ५३ लाख रुपैयाँ झिकिएको छ । बाँकी रकमको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जानाएको छ ।