What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एमबीबीएसको प्रवेश परीक्षा तत्काल स्थगित गर्न सर्वोच्चको अन्तरकालीन आदेश
What To Know
- काठमाडौँ। सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबीबीएस प्रवेश परीक्षा तत्काल नगर्न अन्तरिम आदेश जारी गरेकाे छ । भदाै २१ गते शनिबारका लागि तय भएको आइओएमको प्रवेश परीक्षा तत्काल रोक्न र छलफलका लागि २५ गते अदालतमा उपस्थित हुन सर्वोच्चले शुक्रबार अन्तरकालीन आदेश दिएको हो ।.
- प्रवेश परीक्षा दिने तयारी गरेका विद्यार्थीहरुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले यस विषयमा दुबै पक्षसँग छलफल गर्न आवश्यक भएको भन्दै परीक्षा सञ्चालन नगरी यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको हो ।.
काठमाडौँ। सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबीबीएस प्रवेश परीक्षा तत्काल नगर्न अन्तरिम आदेश जारी गरेकाे छ । भदाै २१ गते शनिबारका लागि तय भएको आइओएमको प्रवेश परीक्षा तत्काल रोक्न र छलफलका लागि २५ गते अदालतमा उपस्थित हुन सर्वोच्चले शुक्रबार अन्तरकालीन आदेश दिएको हो ।
प्रवेश परीक्षा दिने तयारी गरेका विद्यार्थीहरुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले यस विषयमा दुबै पक्षसँग छलफल गर्न आवश्यक भएको भन्दै परीक्षा सञ्चालन नगरी यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको हो ।
चिकित्सा शिक्षा आयोग ऐन जारी भइसकेको अवस्थामा विश्वविद्यालयहरुले आफूखुसी प्रवेश परीक्षा लिएको अनि ७५ प्रतिशत छात्रवृत्ति छल्न खोजेको भन्दै आयुष ओझाले रिट दायर गरेका थिए ।
‘२०७५ साल फागुन १० गतेदेखि लागू भएको चिकित्सा शिक्षा ऐनको प्रावधान र अहिले विभिन्न सरकारी चिकित्सा शिक्षण संस्थाबाट निकालिएको विज्ञापनबीच तादात्म्यता मिलाउन छलफलबाट नै निर्क्यौलमा पुग्नुपर्ने देखिँदा शनिबारको प्रवेश परीक्षा सञ्चालन नगर्नु,’ आदेशमा भनिएको छ ।








