नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

गलकोटको छिसमा तीज विशेष कार्यक्रम
कौरव खत्री
बाग्लुङ्ग । नेपाली हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा गलकोट ९ छिसमा बिभिन्न प्रतियोगिता हुने भएको छ ।
तीजको अबसरमा छिस युवा परिवारको आयोजनामा खुल्ला तिज गित प्रतियोगिता, खुल्ला रेर्कड डान्स प्रतियोगिता, खुल्ला भाले छुने प्रतियोगिता, खुल्ला घैटोफोर प्रतियोगिता, लाखे नाच प्रतियोगिता लगायतका कार्यक्रमहरु गर्न लागिएको कार्यक्रम संयोजक विवेक खरेलले जानकारी दिनुभयो ।
कार्यक्रम आउदो सोमवार अर्थात हरितालिका तीजको दिन हुने हुने छ । कार्यक्रम बिष्णु प्राथमिक विद्यालयको प्राङगणमा हुने आयोजकले जनाएको छ ।
२०७२ सालमा स्थापना भएको छिस युवा परियारले युवा तथा खेलकुदका क्षेत्रमा बिभिन्न सामाजिक कामहरु गदै आएको छ ।