नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम
कावासोती । नवलपरासी पूर्वनवलपुरको कावासोती नगरपालिकाले असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम प्रदान गरेको छ । नगरपालिकाभित्रका अभिभावक विहीन बालबालिकालाई उक्त वितरण गरिएको हो ।
बुबाआमा गुमाएका बालबालिकाको संरक्षणसँगै उनीहरुको शैक्षिक र स्वास्थ्य अवस्था सुधारका लागि सामाजिक सुरक्षा रकम प्रदान गरिएको नगरप्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो । शुक्रबार १५ असहाय बालबालिकालाई जनही रु पाँच हजारका दरले रकम प्रदान गरिएको छ । नगरपालिकाभित्र अभिभावक विहीन ८८ बालबालिका रहेको तथ्याङ्क छ । “विस्तारै अन्य असहाय बालबालिकालाई रकम वितरण गछौँ”, नगरप्रमुख पुनले भन्नुभयो । कावासोतीलाई बालमैत्री नगरपालिका बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।