What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुत्केरी मृत्युको विरोधमा गल्छी–त्रिशुली सडक बन्द
What To Know
- बिहीबार ३५ वर्षीया गोमा वस्ती अस्पतालमा सुत्केरी भएकी थिइन्। अस्पतालले शिशुलाई थप उपचारका लागि काठमाडौं पठाएकाे र आमा सामान्य छन् भन्दैयतै राखेको थियो। अत्यधिक रक्तस्रावले थलिएकी सुत्केरीलाई लापरबाहीपूर्ण तरिकाले अस्पतालमा राखेकाे आफन्तकाे आराेप छ।.
- बुधबार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएकी थिइन्। सुत्केरीपछि अत्यधिक रक्तश्रावका कारण बिहीबार उनकाे मृत्यु भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राईले जानकारी दिए।अत्यधिक रक्तश्रावले जोखिममा परेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको शिक्षण अस्पताल पुर्याउँदा मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले बताए।.
काठमाडौँ । त्रिशुली अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोट बेल्कोट्गढी ७ महादेव फाँटका स्थानीयले गल्छी–त्रिशुली सडक बन्द गरेका छन् । शुक्रबार बिहानैदेखि स्थानीयले मृतक महिलाको घर नजिकैकाे सडकमा टायर बालेर सडकअवरुद्ध गरेका हुन्।
बिहीबार ३५ वर्षीया गोमा वस्ती अस्पतालमा सुत्केरी भएकी थिइन्। अस्पतालले शिशुलाई थप उपचारका लागि काठमाडौं पठाएकाे र आमा सामान्य छन् भन्दैयतै राखेको थियो। अत्यधिक रक्तस्रावले थलिएकी सुत्केरीलाई लापरबाहीपूर्ण तरिकाले अस्पतालमा राखेकाे आफन्तकाे आराेप छ।
बुधबार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएकी थिइन्। सुत्केरीपछि अत्यधिक रक्तश्रावका कारण बिहीबार उनकाे मृत्यु भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राईले जानकारी दिए।अत्यधिक रक्तश्रावले जोखिममा परेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको शिक्षण अस्पताल पुर्याउँदा मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले बताए।
सुत्केरी भएपछि चिकित्सकले उनको उपचारमा चासो नदिँदा घटना भएको भन्दै शव जिम्मा नलिने र दोषीमाथि कारवाही हुनपर्ने भन्दै आफन्तहरु विरोधमा उत्रिएका छन्।






