बाढी पहिराेकाे बितण्डा : ३० जनाको मृत्यु, १८ जना बेपत्ता, पूर्ण विवरणसहित (अपडेट)

काठमाडौँ । बिहिबार साँझदेखि परेकाे अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएकाे छ । प्रहरी प्रधान कार्यालय नक्सालले दिएकाे पछिल्लाे जानकारी अनुसार बाढीपहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको छ । बाढी पहिरोबाट विभिन्न धनमाल समेत क्षति भएको छ ।

मृतकहरुको संख्या:
बाढी पहिरोमा परी ललितपुरमा ५, काठमाडौं, खोटाङ, काभ्रेमा ३/३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी ३० जनाको ज्यान गएको हो ।

घाईतेहरुको संख्या:
मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी १२ जना घाइते भएका हुन् ।

बेपत्ताहरुको संख्या:
सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १/१ जना गरी १८ जना वेपत्ता भएका छन् ।

बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट सम्पूर्ण जनशक्ति तथा स्रोतसाधन परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य जारी रहेको छ। प्रहरीका अनुसार विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य भइरहेको छ।

तस्बिर :  प्रहरी प्रधान कार्यालय

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *