कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार २२ गते बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार २२ गते बस्ने भएको छ । नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावलीमाथि छलफल, राष्ट्रिय जागरण अभियान पहिलो चरणको कार्यक्रम समीक्षा लगायतका लागि बैठक बोलाइएको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आषाढ २२ गते बोलाइएको बताएका छन् ।

बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने छ । त्यस्तै भातृ एवं शुभेच्छुक संस्थाको विधान, समसामिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा उपस्थितिका लागि पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई अनुरोध गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *