काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभएको छ । अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताउनुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको र यो नेपाली सभ्यताको महत्वपूर्ण आधार रहेको प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नुभएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओली जेनेभाबाट लण्डन पुग्नु भएलगत्तै हेलिकोप्टरमार्पmत अक्सफोर्ड पुग्नुभएको हो । विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत अक्सफोर्ड युनियनमा विश्वका नेता, प्राज्ञ तथा विचारकले मन्तव्य व्यक्त गर्दै आउनुभएको छ ।
प्रधानमन्त्री ओली र नर्वेली प्रधानमन्त्रीबीच भेट
यसअघि हिजो अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी सम्मेलनका क्रममा जेनेभामा प्रधानमन्त्री केपी शर्मा ओली र नर्वेका प्रधानमन्त्री एर्ना सोल्बर्गबीच भेटवार्ता भएको छ । दुई प्रधानमन्त्रीबीच नेपाल र नर्वेबीच आपसी मित्रता र सम्बन्ध अझै बढाउने विषयमा सहमति भएको परराष्ट्र सचिव शङ्करदास बैरागीले जानकारी दिनुभयो । रासस