What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

आजदेखि विश्वकप क्रिकेट, उद्घाटन खेलमा इङ्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै
What To Know
- एजेन्सी । इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गरेकाे विश्वकप क्रिकेटको १२औं संस्करण बिहीबारदेखि सुरु हुँदैछ। मे ३० तारिखमा सुरु भएर जुलाई १४ तारिखसम्म चल्ने विश्वकपमा १० वटा टोली सहभागी छन्।.
- यसपटक विश्वकपको पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ। आईसीसीले यो विश्वकपमा नगद पुरस्कार लागि कुल एक करोड अमेरिकी डलर छुट्ट्याएको छ। विजेता टोलीले ४० लाख अमेरिकी डलर नगद पुरस्कार हात पार्नेछ। उपविजेताले २० लाख डलर प्राप्त गर्नेछ भने सेमिफाइनलमा पराजित हुने दुई टोलीले १६/१६ लाख डलर पाउनेछन्।.
एजेन्सी । इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गरेकाे विश्वकप क्रिकेटको १२औं संस्करण बिहीबारदेखि सुरु हुँदैछ। मे ३० तारिखमा सुरु भएर जुलाई १४ तारिखसम्म चल्ने विश्वकपमा १० वटा टोली सहभागी छन्।
विश्वकप अवधिभरमा कुल ४८ खेल हुनेछन्। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ।
उद्घाटन खेल लन्डनस्थित दी ओभल क्रिकेट मैदानमा खेलिनेछ। विश्वकपका अधिकांश खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।
सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रूपमा आयोजित ११औं विश्वकपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो।
यसपटक विश्वकपको पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ। आईसीसीले यो विश्वकपमा नगद पुरस्कार लागि कुल एक करोड अमेरिकी डलर छुट्ट्याएको छ। विजेता टोलीले ४० लाख अमेरिकी डलर नगद पुरस्कार हात पार्नेछ। उपविजेताले २० लाख डलर प्राप्त गर्नेछ भने सेमिफाइनलमा पराजित हुने दुई टोलीले १६/१६ लाख डलर पाउनेछन्।
यसका अतिरिक्त लिग चरणमा प्रत्येक खेल जितेबापत सहभागी टोलीले छुट्टै ४० हजार डलर पुरस्कार प्राप्त गर्नेछन्।