हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
सबै इन्धनकाे मूल्य वृद्धि, यस्ताे छ नयाँ मूल्य सूची
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ बढाएको हो ।
भारतीय आयल निगमले पठाएको मूल्यसूचीअनुसार सबै इन्धन (पेट्रोल, डिजेल, मटितेल र ग्यास)मा मूल्य बढाएकाे निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयाे ।
मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ११ रुपैयाँ ५० पैसा र डिजेलको ९८ रुपैयाँ कायम गरेको बताए। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।
निगम स्रोतका अनुसार मूल्य समायोजनपश्चात् निगमको पाक्षिक नाफा करिब ७ करोड रुपैयाँ छ। सरकारले २०७१ असोजमा स्वचालित मूल्य लागू गरेको थियो। स्वचालित मूल्यअनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ। तर, स्वचालित मूल्य पूर्ण रुपमा कार्यान्वयन भएको थिएन। निगमले झण्डै तीन महिनापश्चात् मूल्य समायोजन गरेको हो।