What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

बालुवाटार जग्गा विवादमा नाम मुझिएपछि डा बाबुराम भट्टराईकाे ट्वीट ‘नखाएको विष लाग्दैन’
What To Know
- तर डा भट्टराईले आफू त्यसमा निर्दोश रहेको आशय ब्यक्त गर्नुभएको छ । उक्त समाचार ट्वीट गर्दै भट्टराईले आफ्नो मन्त्रीमण्डलले पनि गलत निर्णय गरेको भन्ने समाचारबारे ध्यानाकष्कर्ष भएको बताउनुभएको छ ।.
- उहाँले आइतबार साँझ समाचार सहित ट्प्ट गर्नुभएको छ, ‘बालुवाटारको जग्गा सम्वन्धी विषयमा मेरो मन्त्रीमण्डलले समेत गलत निर्णय गरेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छयसबारे गम्भीरतपूर्वक छानवीन होस्ससत्यतथ्य बाहिर आओस् र जसले गरेको भए पनि गलत गर्नेलाई कार्बाही होस् भन्ने आग्रह गर्दछु।साथै नखाएको विष लाग्दैन भन्नेमा ढुक्क छु । ‘.
काठमाडौँ । बालुवाटारको जग्गा विवादमा आफ्नो पनि नाम मुछिएपछि नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारको जग्गा विवादबारे गम्भीरतापूर्वक छानविन गर्न माग गर्नुभएको छ ।
डा भट्टराई प्रधानमन्त्री भएका बेला भू–माफियाको पक्षमा खतरनाक निर्णय गरेको समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा वि. सं. २०६९ आसोज १८ गतेको मन्त्रिपरिषद बैठकले ललिता निवास क्याम्पभित्रको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा दर्ता श्रेष्ता कायम गरि व्यक्तिका नाममा मोहीयानी हक कायम गर्न निर्णय गरेको उल्लेख गरिएको छ ।
तर डा भट्टराईले आफू त्यसमा निर्दोश रहेको आशय ब्यक्त गर्नुभएको छ । उक्त समाचार ट्वीट गर्दै भट्टराईले आफ्नो मन्त्रीमण्डलले पनि गलत निर्णय गरेको भन्ने समाचारबारे ध्यानाकष्कर्ष भएको बताउनुभएको छ ।
बालुवाटारको जग्गा सम्वन्धी विषयमा मेरो मन्त्रीमण्डलले समेत गलत निर्णय गरेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ!यसबारे गम्भीरतपूर्वक छानवीन होस्;सत्यतथ्य बाहिर आओस् र जसले गरेको भए पनि गलत गर्नेलाई कार्बाही होस् भन्ने आग्रह गर्दछु।साथै नखाएको विष लाग्दैन भन्नेमा ढुक्क छु! https://t.co/2LGkXSSX5P
— Baburam Bhattarai (@brb1954) April 28, 2019
उहाँले आइतबार साँझ समाचार सहित ट्प्ट गर्नुभएको छ, ‘बालुवाटारको जग्गा सम्वन्धी विषयमा मेरो मन्त्रीमण्डलले समेत गलत निर्णय गरेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छयसबारे गम्भीरतपूर्वक छानवीन होस्ससत्यतथ्य बाहिर आओस् र जसले गरेको भए पनि गलत गर्नेलाई कार्बाही होस् भन्ने आग्रह गर्दछु।साथै नखाएको विष लाग्दैन भन्नेमा ढुक्क छु । ‘