काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
४ दिन सार्वजनिक विदा थप
विराटनगर । प्रदेश १ सरकारले चारदिन विदा थप गर्ने निर्णय गरेको छ । प्रदेश पात्रो स्वीकृत गर्दै प्रदेश सरकारले केन्द्र सरकारले दिएका बाहेक थप ४ दिन विदा दिने निर्णय गरेको हो । बुधवार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले २०७६ सालमा जनै पूणिर्मा, उधौली पर्व, मुस्लिमहरुको पर्व इदुल फितर र छठ पूर्वमा सार्बजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।
बैठकले वृहत विराट क्षेत्र विकास सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा लैजाने स्वीकृति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण गरेको उक्र विधेयक संसमा लाने आज बसेको मन्त्रीपरिषले निर्णय गरेको हो । उक्त विधेयकमा मन्त्रीको नेतृत्वमा, प्रमुख कार्यकारी अधिकृत रहने गरी वृहत विराट क्षेत्रको विकास गर्ने उद्देश्य लिइएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिका, इटहरी र धरान उपमहानगरपालिकासहित १२ स्थानीय समेटेर वृहत विराट क्षेत्र निर्माण गरिने मन्त्री कार्कीको भनाइ छ । आवश्यकताका आधारमा क्षेत्र निर्धारण तलमाथि हुनसक्ने उहाँको भनाइ छ ।
यस्तै बैठकले विपद् व्यवस्थापन ऐन २०७५ संशोधन गर्ने भएको छ । संघीय सरकार मातहत रहेको नेपाली सेना र सशस्त्र प्रहरीलाई पनि विपद्मा खटाउने गरी कानून संशोधन गर्न लागिएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।
यस्तै प्रदेश सरकार तथा स्थानीय तहको राजपत्रहरु प्रदेशबाटै भोलिकै मितिदेखि प्रकाशित गर्ने पनि बैठकले निर्णय गरेको छ । राजपत्र प्रकाशनका लागि सम्बन्धीत प्राविधिकलाई टे«निङ दिइसकेको र आवश्यकताका आधारमा ठूला प्रेसको व्यवस्था गर्ने निर्णय बैठकले गरेको हो ।
यस्तै विपद् व्यवस्थापन कोष संचालन कार्यविधि पारित गर्नुको साथै सामाजिक विकास संस्था ऐन कार्यान्वयनका लागि सामाजिक विकास संस्था नियमावली २०७५ पनि बैठकले स्वीकृत गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।