नेकपामा चर्कियाे विवाद : कार्यदलका बहुमत सदस्यले बुझाए ७ पन्ने समानान्तर प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सांगठनिक एकताको लागि गठित चौथो कार्यदलका बहुमत सदस्यले  समानान्तर प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएका छन्। संगठनात्मक एकीकरण टुंग्याउन गठित रामबहादुर थापा नेतृत्वको कार्यदल भंग गरिएपछि असन्तुष्ट बनेका  कार्यदलका सदस्य सुरेन्द्र पाण्डे  वर्पुषमान पुन, योगेश भट्टराई , लेखराज भट्ट र बेदुराम भुसालले आइतबार  अध्यक्षलाई भेटेर फरक मतसहितकाे ७ पन्ने प्रतिबेदन बुझाएका हुन् । म्याद थप गरेर कार्यदलमार्फत नै एकीकरण टुंग्याउनुपर्ने उनीहरूकाे माग छ ।

गत पुस १३ गते सकिएको स्थायी कमिटीको बैठकले संगठनात्मक एकीकरण टुंग्याउन रामबहादुर थापा बादलको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यादलकाे सदस्यहरुमा रामबहादुर थापा बादल, विष्णु पौडेल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुरामा भुसाल, वर्षमान पुन, लेखराज भट्ट, शंकर पोखरेल र रघुवीर महासेठ थिए ।  १५ दिनको समयसीमा दिएर एकीकरणको बाँकी काम टुंग्याउने कार्यादेश दिएको भए पनि कार्यदलले विधान परिमार्जनबाहेक अन्य विषयमा सहमति जुटाउन सकेन ।

१५ दिनको समयसीमा पाएकाे कार्यदलले दुई महिना लगाएर आंशिकमात्रै प्रतिवेदन बुझाएको भन्दै गत शुक्रबार प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले कार्यदल भंग गरेकाे थियाे । बैठकले कार्यदल भंग गरी सचिवालयले नै एकीकरणको बाँकी कामको प्रस्ताव तयार पार्ने निष्कर्ष निकालेको थियो ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *