What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

कृषि र पर्यटनको विकास गर्न सके गलकोट समृद्ध बन्छ : भण्डारी
What To Know
- सोही अवसरमा गलकोट नगरपालिका वडा नं ७ का कार्यबहाक अध्यक्ष लोक बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । “नेपालीको गर्व, माघेसंक्रान्ति पर्व, वारीघुम्टे पारी गाँजा हामी सबैको शान, खेलकुद कला संस्कृति, समृद्वि युवा क्लवको पहिचान” भन्ने भन्ने मुल नाराका साथ मंगलवारदेखि सुरु भएको मेलामा वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, तातो चिया पिउने प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो ।.
- मेलामा चन्दादाता, प्रायोजक लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम समृद्वि युवा क्लव गलकोट नगरपालिका ७ मल्म बागलुङका अध्यक्ष टोप बहादुर थापाको अध्यक्षता तथा क्लवका कोषाध्यक्ष लक्षमण खत्रीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने क्लवका सचिव प्रदिप थापाले गरेका थिए ।.
कौरव खत्री
बागलुङ । बागलुङ गलकोट नगरपालिकाका नगर कार्यपालिका सदस्य विरजङ्ग भण्डारीले गलकोट नगरपालिकाको समृद्वि गर्न कृषि र पर्यटन क्षेत्रको विकास गर्नु पर्ने बताए । समृद्वि युवा क्लव गलकोट नगरपालिका ७ मल्म भल्साङको चौंथो वार्षिकोत्सव तथा माघेसंक्रान्ती मेलाको उदघाटन गर्दै भण्डारीले यस्तो बताएका हुन् ।
साथै भण्डारीले गलकोट कृषि र पर्यटनको प्रचुर संम्भावना रहेकोले युवाहरुलाई त्यस तर्फ आकर्षित गर्न अव गुरुयोजना निर्माण गर्नु पर्ने बताए । गलकोट नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष समेत रहेका भण्डारीले वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका गलकोटेहरु सँग सहकार्य गरिने बताए ।
सोही अवसरमा गलकोट नगरपालिका वडा नं ७ का कार्यबहाक अध्यक्ष लोक बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । “नेपालीको गर्व, माघेसंक्रान्ति पर्व, वारीघुम्टे पारी गाँजा हामी सबैको शान, खेलकुद कला संस्कृति, समृद्वि युवा क्लवको पहिचान” भन्ने भन्ने मुल नाराका साथ मंगलवारदेखि सुरु भएको मेलामा वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, तातो चिया पिउने प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो ।
मेलामा चन्दादाता, प्रायोजक लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम समृद्वि युवा क्लव गलकोट नगरपालिका ७ मल्म बागलुङका अध्यक्ष टोप बहादुर थापाको अध्यक्षता तथा क्लवका कोषाध्यक्ष लक्षमण खत्रीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने क्लवका सचिव प्रदिप थापाले गरेका थिए ।