नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
आठ अंकले घट्यो शेयर बजार
काठमाडौँ । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजार मापक नेप्से परिसूचक ८.०५ अंकले घटेर एक हजार २०४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १.५८ विन्दुले घटेर २५३.६२ विन्दुमा आइपुगेको छ ।
कूल १५२ कम्पनीको पाँच लाख १४ हजार १६१ कित्ता शेयर रु २० करोड ६० लाख ८८ हजार १३१ मूल्यमा खरिद बिक्री भएको छ ।
स्टककाअनुसार आज तीन उपसमूहको शेयर बढेको छ,भने आठ उपसमूहको शेयर घटेको छ । व्यापार २.७९, वित्त ३.७३ र अन्य समूह ४.९५ विन्दुले बढेको छ । यस्तै बैंकिङ ४.७७, होटल ५३.११, विकास बैंक ८.१, जलविद्युत् ३९.२५, निर्जीवन बीमा ८७.६७, उत्पादन ३५.६६, माइक्रोफाइनान्स १३.३२ र बीमा समूह ७४.११ बिन्दुले घटेको छ ।