बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

इखुवाखोला जलविद्युत् आयोजनाको बिद्युत खरिद सम्झौता
काठमाडौँ । भोजपुरमा आयोजनास्थल रहेको १४ मेगावाट क्षमताको इखुवाखोला जलविद्युत् आयोजनाको आज विद्युत् खरिद सम्झौता भएको छ ।
नेपाल विद्युत् प्राधिकरणमा उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र इखुवाखोला जलविद्युत् आयोजनाको प्रर्वद्धक आरती पावर कम्पनीका कार्यकारी सञ्चालक प्रकाश दुलालले हस्ताक्षर गर्नुभएको छ ।
भोजपुरमा आयोजनास्थल रहेको सो आयोजनाबाट २०७९ मंसिर १ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सम्झौताअनुसार प्राधिकरणले सो आयोजनाबाट उत्पादित विद्युत् वर्षामा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा खरिद गर्नेछ ।
आयोजनाबाट उत्पादित विद्युत् संखुवासभा जिल्लाको शितलपाटीमा निर्माण हुने २२० केभीको सवस्टेशनमा जोडिनेछ । आयोजना स्थलबाट सवस्टशेनसम्म विद्युत् लैजान प्रवद्र्धक कम्पनी आफैले आठ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नेछ ।
आयोजनाको कूल लागत रु दुई अर्ब ६० करोड रहेको छ । त्यसमा रु ७८ करोड स्वपूँजी रहनेछ भने रु एक अर्ब ८२ करोड बैंक तथा वित्तीय संस्थाबाट ऋण लिइने प्रवद्र्धक कम्पनीका कार्यकारी सञ्चालक दुलालले जानकारी दिनुभयो ।