What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

समाजलाई सही बाटोमा डोर्याउन शिक्षाको विकास अनिवार्य: नगर उपप्रमुख काउचा
What To Know
- साथै नगर उपप्रमुख काउचाले शिक्षा क्षेत्रको विकासका लागि सबै पक्ष एक जुट हुनुपर्नेमा जोड दिदै शिक्षा क्षेत्रमा धेरै समस्या रहेकोले त्यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने र छोटो समयमा विद्यालयले पछिल्लो समयमा राम्रो प्रगति गरेको भन्दै यहाका अभिभावकहरुको सक्रियताले विद्यालयको शैक्षिक क्षेत्रको विकासमा थप बल पुगेको बताइन ।.
- ९ का वडाअध्यक्ष तेज बहादुर थापा, पृथ्वी मावि श्रोतकेन्द्रका श्रोतव्यक्ति बोम बहादुर थापा,विद्यालयका पूर्व विव्यस अध्यक्ष इन्द्रप्रसाद सापकोटा,यमलाल सापकोटा,विद्यालयका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद सापकोटा,जनजागृति माध्यमिक विद्यालयका विव्यसका अध्यक्ष बेदीलाल सापकोटा पूर्व शिक्षक विवेक खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका प्रधानाध्यापक प्रेमसागर सापकोटाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । हिजो देखि सुरु भएको बार्षिक उत्सवमा चकलेट टिपाई, सदनात्मक रिले दौड,बेलुनफोर,अक्षर चिनाई लगायत कार्यक्रम सँगै विविध साँस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।.
कौरव खत्री
गुल्मी । बाग्लुङ्गको गलकोटमा रहेको एक प्राथमिक विद्यालयको रजत स्मारिकाको आज विमोचन गरिएको छ । गलकोट नगरपालिका ९ छिसमा रहेको बिष्णु प्राथमिक विद्यालयको २६ औ बार्षिक उत्सव तथा अभिभावक दिवस एवं रजत स्मारिकाको विमोचन गदै प्रमुख अतिथि गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचाले कुनै पनि देशको महत्वपूर्ण श्रोत भनेको त्यस देशका बासिन्दा भएकोले उनीहरुको सक्रियताले विकास हुने हुदा समाजलाई सहि बाटोमा डो¥याउन शिक्षाको महत्पूर्ण भूमिका रहेको बताइन ।
साथै नगर उपप्रमुख काउचाले शिक्षा क्षेत्रको विकासका लागि सबै पक्ष एक जुट हुनुपर्नेमा जोड दिदै शिक्षा क्षेत्रमा धेरै समस्या रहेकोले त्यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने र छोटो समयमा विद्यालयले पछिल्लो समयमा राम्रो प्रगति गरेको भन्दै यहाका अभिभावकहरुको सक्रियताले विद्यालयको शैक्षिक क्षेत्रको विकासमा थप बल पुगेको बताइन ।
सोही अवसरमा गलकोट नगरपालिकाका नगरशिक्षा अधिकृत प्रकाश ओझा,गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद गौतम, गलकोट नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष रामप्रसाद कँडेल, वडा नं. ९ का वडाअध्यक्ष तेज बहादुर थापा, पृथ्वी मावि श्रोतकेन्द्रका श्रोतव्यक्ति बोम बहादुर थापा,विद्यालयका पूर्व विव्यस अध्यक्ष इन्द्रप्रसाद सापकोटा,यमलाल सापकोटा,विद्यालयका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद सापकोटा,जनजागृति माध्यमिक विद्यालयका विव्यसका अध्यक्ष बेदीलाल सापकोटा पूर्व शिक्षक विवेक खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका प्रधानाध्यापक प्रेमसागर सापकोटाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । हिजो देखि सुरु भएको बार्षिक उत्सवमा चकलेट टिपाई, सदनात्मक रिले दौड,बेलुनफोर,अक्षर चिनाई लगायत कार्यक्रम सँगै विविध साँस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।
साथै सोही अवसरमा विद्यालयको लागि आर्थिक सहयोग गर्ने वरिष्ठ समाजसेवी पशुपति सापकोटालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
२०५० सालमा स्थापना भएको विद्यालयले पछिल्लो समयमा शैक्षिक गुणस्तर कायममा निकै फड्को मारेको छ । हाल भने विद्यालयले कक्षा १ देखि ५ सम्मका सबै कक्षाहरुमा अंगे्रजी माध्यमबाट पठनपाठन हदै आएको विद्यालयका प्रधानाध्यापक प्रेमसागर सापकोटाले जानकारी दिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद सापकोटाको अध्यक्षता रहेको कार्यक्रम विद्यालयकी शिक्षिका सिता सापकोटाको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने शिक्षिका सरस्वति सापकोटाले गरेकी थिइन